बैशाख ०४, २०८२, बिहीबार

करेन्ट लागेर एक युवककाे मृत्यु


Advertisement Image
clock icon 2 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौं । काठमाडौंमा करेन्ट लागेर बिहीबार एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा मोरङ घर भई काठमाडौंको पेप्सिकोलामा बस्ने २७ वर्षीय रोशन माझी छन् ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको करूणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नं १३ स्थित एक घरमा आल्मोनियमको काम गर्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.