0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा सुनको भाउ निरन्तर उकालो लागेको छ । आज शुक्रबार पनि सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै आज छापावाला सुनको भाउ एक लाख ५७ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन बिहीबार प्रतितोला एक लाख ५६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरा बजारमा भने एक लाख ५८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जनाएको छ ।
यस्तै आज असली चाँदीको मूल्य पनि १० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज चाँदीको भाउ एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार चाँदी एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरा बजारमा चाँदीको भाउ एक हजार नौ सय ४० रुपैयाँँ कायम भएको छ ।
Copyright © 2024 | All rights reserved.