बैशाख ०४, २०८२, बिहीबार

बागलुङमा जीप दुर्घटना हुँदा १० जना घाइते


Advertisement Image
clock icon 2 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । बागलुङमा गएराति जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ । अन्य आठ जनाको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दुर्घटनामा ढोरपाटन नगरपालिका वडा नं ६ का ६३ बर्षीय काजी कामी र ३८ बर्षीया चलदेवी कामी गम्भीर घाइते भएका हुन् ।

यसैगरी दुर्घटनामा घाइते भई बुर्तिबाङ अस्पतालमा ढोरपाटन-६ का २८ वर्षीया मैया विक, ४५ वर्षीया भद्री छन्त्याल, २९ वर्षीया खीमकुमारी विक, ५४ वर्षीय भीमबहादुर कामी, ६५ वर्षीय फरानी कामी,७२ वर्षीय पुतली छन्त्याल, २४ वर्षीय श्यामबहादुर विक, २६ वर्षीया यमकुमारी विक, ५१ वर्षीय वेलसरा विक, ४२ वर्षीया विष्णुकुमारी सिर्पाली, ४८ वर्षीया विरमा सिर्पाली र २८ वर्षीया तेजिना विकको उपचार भइरहेको छ ।

बागलुङको गाडीखोलादेखि घैयाखानी जाँदै गरेको ग३च ३८९ नम्बरको जीप ढोरपाटन नगरपालिका वडा नं ६ मा दुर्घटना भएको हो ।

दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.