0
प्रतिक्रिया
पोखरा । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) कास्कीको अध्यक्षमा मधु पन्थी चयन भएका छन् । संस्थाको बिहीबार सम्पन्न सातौँ अधिवेशनले पन्थीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा बिमला केसी, सचिवमा रमेश सुवेदी, उपसचिवमा कल्पना घिमिरे सापकोटा र कोषाध्यक्षमा सवनम शर्मा छन् ।
यसैगरी कार्यसमिति सदस्यमा बिमला गुरुङ, तुलबहादुर रानाभाट, कृष्णमाया गुरुङ, अच्यूत पौडेल, आश्मा पहारी र सुशीला नेपाली छन् ।
यसअघि अधिवेशन उद्घाटन मानव अधिकार एलाइन्सका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज रामचन्द्र पौडेलले गरेका थिए ।
उनले राजनीतिक रुपमा भएका मानव अधिकार उल्लघंनका सवाललाई एलाइन्सले सशक्त ढंगले उठाउँदै आएको बताए । उनले वातावरणको सन्तुलन र दिगो विकासको लागि मानव अधिकारमैत्री विकास पद्धतिलाई अबलम्बन गर्नुपर्नेमा जोड दिए ।
पौडेलका अनुसार मानव अधिकार एलाइन्सको छैटौं राष्ट्रिय महाधिवेशन फागुन १९, २० र २१ गते काठमाडौँमा हुनेछ ।
कार्यक्रममा नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य शिवप्रसाद खकुरेल, गण्डकी प्रदेशका अध्यक्ष शिवराज शर्मा, वरिष्ठ अधिवक्ता घिमिरे, राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद बाग्ले, नेकपा एमाले पोखरा महानगर कमिटी उपाध्यक्ष नरेन्द्रनाथ ढुंगाना, गैसस महासंघ नेपाल कास्कीका अध्यक्ष बुद्धिबहादुर थापा, नेपाल बुद्धिजीवी परिषद् कास्कीका अध्यक्ष डा. विश्व अधिकारी, पत्रकार श्याम कुँवर, महिला अपांगता सशक्तीकरण केन्द्रका अध्यक्ष लोचना अधिकारी, चिल्डे«न नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्मा, मानव अधिकार एलाइन्स कास्कीका अध्यक्ष पदमराज पहारी, उपाध्यक्ष बिमला केसीलगायतले बोलेका थिए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरेलाई मानव अधिकारको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै सम्मान गरिएको थियो ।
Copyright © 2024 | All rights reserved.