बैशाख ०४, २०८२, बिहीबार

कास्कीका ३५ स्थायी शिक्षकद्वारा सामूहिक राजीनामा


Advertisement Image
clock icon 2 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्कीका स्थायी ३५ शिक्षकले शुक्रबार सामूहिक राजीनामा दिएका छन् । सरकारले हालै ल्याएको अध्यादेशको विरोध गर्दै उनीहरुले शिक्षा विकास तथा समन्वय इकाईमार्फत शिक्षा मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

२०७५ चैत ४ गतेपछि स्थायी भएको शिक्षकले अध्यादेशप्रति असन्तुष्टि जनाएका हुन् । राजीनामा स्वीकृत नहुँदासम्म पठनपाठन नरोक्ने उनीहरुले स्पष्ट पारे ।

सरकारले गरेको निर्णयबाट पर्ने आर्थिक र मानसिक मर्का सहन नसकेर सामूहिक राजीनामा पेस गरेको शिक्षकहरुको तर्फ छ ।

शक्षकमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरेको उनीहरुको जिकिर छ । उनीहरुले प्राकृतिक न्यायको सिद्धान्त विपरित भूतप्रभावी कानुनको निर्माण गरी अध्यादेश जारी गरेको आरोप लगाए ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ९ स्थित भगवती माविका शिक्षक कीर्तिराज ढकालले शिक्षकलाई गुदपाक देखाएर बोलाउने र गोबर खुवाएर लखेट्न सरकार उद्यत भएको भन्दै दुःखेसो पोखे ।

अध्यादेशको कार्यान्वयनले सेवा प्रवेशको समयमा भएका व्यवस्थालाई समेत उल्ट्याई करिब छ वर्ष खाइपाई आएको तलबबाट समेत हिसाब गरी निश्चित प्रतिशत निवत्तिभरण कोषमा दाखिला गर्नुपर्ने उनको जिकिर छ ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ आचार्यले शिक्षकका राजीनामा पत्र सम्बन्धित निकायमा पठाउने प्रतिवद्धता जनाए ।

आजै नेपाल शिक्षक संघ कास्कीले विज्ञप्ति प्रकाशित गरी सरकारले हालै ल्याएको अध्यादेशप्रति आपत्ति जनाउँदै पुनः आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बिहीबार नेपाल शिक्षक महासंघ कास्कीले पनि विज्ञप्ति प्रकाशित गरी अध्यादेशको विरोध गरेको थियो ।

Copyright © 2024 | All rights reserved.