0
प्रतिक्रिया
पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेश स्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनोट खेल माघ तेस्रो साता हुने भएको छ ।
छनोट प्रतियोगिता माघ १६ देखि १९ गतेसम्म हुनेछ । प्रतियोगितामा कास्कीबाट १२ टिम छनोट हुनेछन् । प्रतियोगितामा सहभागिताका लागि हिसानमा आवद्ध विद्यालयलाई अनुरोध गरेको छ ।
हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा एक विद्यालयबाट दुई टिमले सहभागिता जनाउन पाउनेछन् । कास्की छनोटका खेल पोखरा-४ गैरापाटनस्थित वि-फिट फुटसलमा हुनेछ ।
कास्कीबाट १२ र प्रदेशका अन्य जिल्लाबाट चार गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने सबिन मेमोरियल फुटबल क्बलका अध्यक्ष सञ्जय लिगलले बताए ।
प्रतियोगिता विजेताले एक लाख र उपविजेताले नगद ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संयोजक सन्तोष पराजुलीले बताए ।
प्रदेश स्तरीय प्रतियोगिता भने पोखरा रंगशालास्थित मल्टिपल हलमा हुनेछ ।
हिसान फुटसल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोग पुग्ने आयोजको दावी छ । प्रदेश स्तरीय प्रतियोगिता माघ अन्तिम साताबाट शुरु हुनेछ ।
Copyright © 2024 | All rights reserved.