बैशाख ०४, २०८२, बिहीबार

दलले नागरिकका पक्षमा काम गर्नुपर्छः उपभापति खड्का


Advertisement Image
clock icon 2 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राजनीतिक दलका नेता तथा कार्यकर्ता समयमा रुपान्तरित भई आमनागरिकका पक्षमा काम गर्नुपर्ने बताएका छन् । 

पोखरामा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षक/प्रशिक्षण कार्यक्रममा उपसभापति खड्काले पछिल्लो समय राजनीतिक दलप्रति जनताको नकारात्मक धारणा रहेकाले सोलाई सकारात्मक रूपमा बदल्नुपर्नेमा जोड दिए ।

उनले राजनीतिप्रति नागरिकको निराशालाई आशामा बदल्नुपर्नेमा जोड दिए । 

सात पुस्तासम्म जोडिएको कांग्रेसले नयाँ पुस्ताका युवासँग सहकार्य गर्दै अगाडि बढ्नपर्ने उनले धारणा राखे ।

उपसभापति खड्काले पार्टीका नेता, कार्यकर्ताले नकारात्मक विचार र क्रियाकलाप छाडेर सकारात्मक मार्ग अवलम्बन गर्न सकेमा पार्टी सुदृढीकरणमा सफलता मिल्ने बताए ।

उनले आवश्कताका आधारमा सबैको सहमति र समन्वयमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । 

कांगेसका उपसभापति खड्काले संविधानको मूल मर्म नबिग्रने गरी सबैको सहमतिका आधारमा संशोधन गर्नुपर्ने धारणा राखे ।

राजनीतिक स्थिरता र समृद्धि हासिल गर्न संविधान संशोधन आजको आवश्यकता रहेको उनले उल्लेख गरे ।

Copyright © 2024 | All rights reserved.