साउन ०४, २०८२, शनिबार

आज कस्तो रहला देशभरको मौसम ?


clock icon 6 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले मुलुकका तराई र पहाडी भूभागमा हुस्सु तथा कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लागेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशमा आज मौसम मुख्यतया सफा रहने छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहने महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको बताइन्छ ।

Copyright © 2024 | All rights reserved.