बैशाख २२, २०८२, सोमबार

स्याङ्जामा टिप्पर दुर्घटना हुँदा एकको मृत्यु,चार जना घाइते


Advertisement Image
clock icon 3 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । स्याङ्जामा गएराति टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका वडा नं १४ का ३७ वर्षीय चन्द्रबहादुर नेपाली छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गएराति करिब ११ बजे आँधीखोला गाउँपालिका वडा नं.५ कृषिस्थित कृषि–ओहिया भित्री कच्ची सडकखण्डमा ग१क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर दुर्घटनामा परेको हो ।

टिपर सडकदेखि करिब ५० मिटर तल खसेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका नेपालीलाई थप उपचारका लागि पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । उनको उपचारकै क्रममा राति १ बजे मृत्यु भएको हो ।

सोही दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते हुनेमा सल्यान शारदा नगरपालिका वडा नं. ७ का १५ वर्षीय हरि परियार, स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं.२ ओहियाका ३३ वर्षीय कमल नेपाली, चितवनको राप्ती नगरपालिका वडा नं.६ भण्डाराका ४१ वर्षीय प्रकाश विक र ४१ वर्षीया कमला विक छन् । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनास्थलमा प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.