बैशाख ०४, २०८२, बिहीबार

भारतको महाराष्ट्रमा सवारी दुर्घटना, कम्तीमा नौ जनाको मृत्यु


Advertisement Image
clock icon 2 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । भारतको महाराष्ट्रमा शुक्रबार सवारी दुर्घटना हुँदा कम्तीमा नौ जनाको ज्यान गएको छ ।

तीव्र गतिमा रहेको मिनी ट्रकले भ्यानलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ ।

पूणे जिल्लाको नारायण गाउँ नजिक पूणे-नासिक राजमार्गमा साे दुर्घटना भएको हो ।

दुर्घटना लगत्तै प्रहरी घटनास्थलमा पुगेर घाइतेको उद्दार गरी अस्पतालमा पुर्याएका थिए ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.