साउन १२, २०८२, आइतबार

संरक्षण आमा समूहको अध्यक्षमा बस्नेत


Advertisement Image
clock icon 6 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहको अध्यक्षमा पार्वती बस्नेत निर्वाचित भएकी छन् । समूहको २४औँ साधारणसभा तथा १२औँ अधिवेशनले बस्नेतलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

समूहको प्रथम उपाध्यक्षमा गंगा कार्की, द्वितीय उपाध्यक्षमा रूपा थापा खत्री, सचिवमा सपना थापा, सहसचिवमा गीता अधिकारी, कोषाध्यक्षमा ज्योती बस्नेत, सहकोषाध्यक्षमा शारदा पौडेल छन् ।

साथै कार्यसमिति सदस्यमा श्रीदेवी थापा, सीता थापा, मंगला खड्का, प्रीति अम्गाई, सुनिता थापा र रेखा थापा बस्नेत छन् ।

यसअघि साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले सभ्य समाज निर्माण र सशक्तीकरणको क्षेत्रमा आमा समूहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले महिलाको क्षमता विकास र उनीहरुलाई आयआर्जन गर्नका लागि सीपमूलक तालिम दिन प्रदेश सरकारले विभिन्न कार्यक्रम अघि बढाएको स्पष्ट पारे ।

वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले वडाभित्रका सामाजिक संघसंस्थासँग सहकार्य गरेर अघि बढ्न स्थानीय सरकार तयार रहेको बताए ।

कार्यक्रममा हिमालय क्लबका अध्यक्ष मोहनबहादुर थापा, अमला बिसौनी धोविनी पाटन टोल विकास संस्थाका अध्यक्ष खगेन्द्र थापा, मैदान आमा समूहकी अध्यक्ष ज्योती बस्नेत, संस्थाका निवर्तमान अध्यक्ष लक्ष्मी श्रेष्ठलगायतले सामूहिक भावनाबाट नै समाज विकास हुने बताए ।

संस्थाकी सचिव रूपा थापा र कोषाध्यक्ष ज्योती बस्नेतले पेस गरेको बार्षिक प्रतिवेदन साधारणसभामा पारित गरेको छ । उक्त अवसरमा निवर्तमान अध्यक्ष लक्ष्मी श्रेष्ठ, सीता थापा, भगवती बस्नेत र हीरा बस्नेतलाई सम्मान गरिएको थियो ।

समूहकी अध्यक्ष पार्वती बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गंगा कार्कीले स्वागत र सञ्चालन सचिव रूपा थापा खत्रीले गरेकी थिइन् ।

विसं २०५७ सालमा स्थापित समूहले महिला सशक्तीकरण तथा सामाजिक विकासमा कार्य गर्दै आइरहेको छ ।

Copyright © 2024 | All rights reserved.