बैशाख ०४, २०८२, बिहीबार

पोखरामा ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ सुरु


Advertisement Image
clock icon 2 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । बराल ग्रुपले पोखरामा ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गरेको छ । शनिबार सुरु भएको कार्निभलमा ग्राहकको उत्साहजनक सहभागिता रहेको बताइन्छ । कार्निभल माघ ७ गतेसम्म संचालन हुनेछ ।

पोखरा इभेन्ट सेन्टर, बुलौदीमा संचालन भइरहेको बृहत अटोमोबाइल प्रदर्शनीमा शनिबार ५० भन्दा धेरैले टेष्ट ड्राइभ गरेको बराल ग्रुपका प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए ।

बराल ग्रुपअन्तर्गतको ‘एलिट मोटर्स प्रालि’ ले पोखरामा निसान, ओमोडा एन्ड जेइको र जिकर तथा ‘एसएसएल मोटर्स कम्पनी’ ले लिपमोटर र सिट्रोन ब्रान्डका सवारी साधन बिक्री-वितरण गरिरहेको छ ।

यी सबै ब्रान्डको नेपालका लागि आधिकारिक वितरक शारडा ग्रुप र गोल्छा ग्रुपअन्तर्गतका विभिन्न कम्पनी छन् ।

तीन दिने कार्यक्रममा सहभागीले विभिन्न सवारी साधनको अवलोकन र टेस्टड्राइभ गर्न सक्नेछन् । यसका साथै आकर्षक छुट तथा डिस्काउन्टको अवसरसमेत प्राप्त गर्नेछन् । एलिट मोटर्स र एसएसएल मोटर्स बराल ग्रुप अन्तर्गतका कम्पनी हुन् ।

नेपाली अटोमोबाइल बजारका प्रख्यात र अग्रणी नामहरू शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनको सहकार्यमा सो कार्निभल आयोजना हुनेछ ।

शारडा ग्रुपले ओमोडा, जेइको, जिकर (ईभी सेग्मेन्ट) र निसान म्याग्नाइट (पेट्रोल संस्करण) का पछिल्ला मोडल प्रदर्शन गर्नेछ भने गोल्छा अर्गनाइजेसनले लिपमोटर र सिट्रोन ई-सी३ जस्ता अत्याधुनिक विद्युतीय सवारी साधन प्रदर्शनीमा छन् ।

बराल ग्रुपले पोखरामा निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर र सिट्रोनलगायतका विभिन्न ब्रान्डका सवारी साधन बिक्री-वितरण गर्दै आइरहेको छ ।

Copyright © 2024 | All rights reserved.