बैशाख ०४, २०८२, बिहीबार

‘कुमारी ब्यूटी’ को स्टोर पोखरामा


Advertisement Image
clock icon 2 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । मेकअप आर्टिष्ट शोभा भट्टराईले क्यानडामा उत्पादन गरेको नेपाली ब्राण्ड ‘कुमारी ब्यूटी’ का प्रोडक्ट को प्रमुख स्टोर पोखरामा सुरु भएको छ । पोखराको लेकसाइडस्थित बाराहीचोकमा स्टोर सञ्चालन गरिएको हो ।

सन् २०२१ बाट सुरु भएको कुमारी ब्यूटीले ४० प्रकारका प्राकृतिक तथा हस्तनिर्मित सौन्दर्यसम्बन्धी प्रोडक्ट उत्पादन गर्दै आएको छ । जसमा बाथबम्ब्स्, कस्मेटिक्स, साबुन, मैनबत्तीलगायतका सौन्दर्यसम्बन्धी सामग्री छन् । सञ्चालक भट्टराईका अनुसार कुमारी ब्यूटीका सबै सामग्री प्राकृतिक, हस्तनिर्मित र छालामैत्री छन् ।

पोखरा स्टोरको शनिबार एक कार्यक्रमबीच अभिनेत्री रीमा विश्वकर्माले शुभारम्भ गरिन् । सो अवसरमा रीमाले सौन्दर्यसम्बन्धी प्रोडक्ट प्रयोग गर्दा त्यसबारे ज्ञान हुन आवश्यक रहेको बताइन् ।

‘म प्राकृतिक पदार्थ भएको प्रोडक्ट प्रयोग गर्न रुचाउँछु’, उनले भनिन्, ‘कुमारी ब्यूटीको प्रोडक्टमा मैले त्यो पाएँ, जहिल्यै पनि नयाँ प्रोडक्ट प्रयोग गर्दा एलर्जी आउने या छालामा समस्या देखाउने हो कि भन्ने डर हुन्छ तर यसमा त्यस्तो भएन, मेरो स्किनलाई उपयुक्त रहेछ।’

मान्छेको सौन्दर्य कहिल्यै पनि उसको नियन्त्रणमा नहुने रीमाको भनाइ छ । ‘सौन्दर्य भन्ने चिज जति नै प्रयत्न गरे पनि यो हाम्रो नियन्त्रणमा रहिरहँदैन’, उनले भनिन्, ‘तर, आफूलाई कसरी सुन्दर महसूस गराउने भन्ने प्रक्रियामा हामी केन्द्रित हुन चाँही सक्छौँ, त्यसका लागि आफूले प्रयोग गर्ने प्रोडक्टबारे चेतना हुन एकदमै जरुरी हुन्छ ।’

Copyright © 2024 | All rights reserved.