0
प्रतिक्रिया
पोखरा । पोखरामा जारी १३औँ पोखरा महोत्सवमा शनिबार लोकदोहारी कलाकार शान्तारानी परियारको प्रस्तुतिमा दर्शक झुमेका छन् ।
शनिबारको दिन भएकाले महोत्सवमा हजारौँ दर्शक सहभागी थिए । परियारले गाएका गीतमा दर्शक निकै रमाएका थिए ।
साथै वरिष्ठ लोकदोहोरी प्रजापति पराजुली, चोलेन्द्र पौडेल, राजन कार्की, तुलसा क्षेत्री, शिवहरि ढुंगाना, माया गुरुङ, बत्ती थापा मगर लगायतको प्रस्तुतिमा पनि दर्शकले भरपुर मनोरञ्जन लिए ।
साथै साँझको लाइभ कन्सर्टमा चर्चित भिटेनको प्रस्तुतिमा युवा दर्शक झुमेका थिए ।
शनिबार भएको विद्यालय स्तरीय सामूहिक लोकनृत्यमा विभूती शिक्षा सदन र सरस्वती विद्या सदन वाइल्ड कार्ड इन्ट्रीमार्फत फाइनलमा प्रवेश गरेको छ ।
महोत्सवको अन्तिम दिन सोमबार सेन्टमेरिज, कास्की मोडनाइज्ड, बेसलाइन एकेडेमी, विभूती र सरस्वती विद्या सदनबीच फाइनल प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विष्णुकुमार गुरुङले जानकारी दिए ।
महोत्सवका अर्थ समिति संयोजक जयराम आचार्यका अनुसार महोत्सवको स्टलमा कारोबारमा निकै वृद्धि भएको छ ।
महोत्सवमा घरायसी सामग्री, लत्ताकपडा, श्रृङ्गारका सामग्री, जाडो मौसमका सामग्री, कृषिसँगै तरकारीलगायतका सामग्रीको ब्यापार बढेको उनलले बताए ।
Copyright © 2024 | All rights reserved.