बैशाख ०४, २०८२, बिहीबार

नवौँ मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सम्पन्न


Advertisement Image
clock icon 2 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । बैदाम तामाङ सेवा समाजद्वारा आयोजित नवौँ मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । जसमा प्रतियोगीले विभिन्न विधामा आआफ्नो प्रतिभा प्रस्फुटन गरे ।

कार्यक्रममा प्रतियोगी आकृति तामाङले बुबा र मञ्जिता पाख्रिनले आमाको बारेमा कविता प्रस्तुत गरेका थिए । प्रिन्सेस घिसिङ तामाङले कौरा नृत्य, पूर्णिमा थिङ्ग तामाङले लिम्वु जातीले प्रयोग गर्ने सिलामसात्मा बुनेर देखाएका थिए ।

यसैगरी सुनिता तामाङ आफैले ऊनको धागोबाट तयार पारेका विभिन्न हस्तकलाका सामग्री प्रदर्शनी गर्नुका साथै प्रत्यक्ष बुनेर देखाएकी थिइन् । शिशा लामाले आँफैले गिटार बजाउँदै गीत गायकी थिइन् भने सुप्रिया गोले तामाङले नृत्य प्रस्तुत गरेकी थिइन् ।

यस्तै पूर्णिमा लामाले कविता वाचन, सुमिना तामाङ नृत्य, जमुना लामाले सेल्फ मेकअप र सोनिका तामाङले नृत्य प्रस्तुत गरे ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल तामाङ घेदुङ गण्डकीका उपाध्यक्ष रामबहादुर ब्लोन शिबुले तामाङ समुदायका चेलीलाई भाषा, धर्म, संस्कार र संस्कृतिका बारे जानकारी गराउँदै व्यक्तित्व विकासका लागि कार्यक्रमलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापाले महिला सशक्तीकरण तथा युवा पुस्तामा संस्कार र संस्कृति हस्तान्तरणका लागि मिस तामाङ लोकप्रिय रहेको बताइन् ।

गीतकार तीर्थ तामाङले कुनै पनि समुदायको पहिचान उसको भाषा र संस्कृति हुने भएकाले यसको जगेर्नामा युवा पुस्ताको चासो हुनुपर्नेमा जोड दिए ।

बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा तालिम तथा मिडिया संयोजक सञ्जय मल्ल, राम लामा, मिस तामाङ पोखरा २०२४ का विजेता रोशिला ब्लोन तामाङ, कार्यक्रम संयोजक रोश्मा तामाङ, कोरियोग्राफर जिता तामाङले बोेलेका थिए ।

प्रतिभा प्रस्फुटन कार्यक्रमको निर्णायकमा गीतकार तीर्थ तामाङ, नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष कञ्चन थापा, एसके डान्स स्कुलका सञ्चालक एवं सुपरमम् २०७१ उपविजेता माया लामा थिए ।

यसैबीच प्रतियोगीलाई विभिन्न बिषयमा तालिमसमेत प्रदान गरिएको छ । तालिममा पोखरेली युवा सांस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सन्जय मल्ल, नेपाल जेसीसका पूर्व अध्यक्ष राजु केसी, भाषाविद् अमृत योञ्जन, पूर्व मिस तामाङ पोखरा कविता योञ्जन, नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष दीपक वाइवा तामाङ, मिङमार तामाङ, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, वैदेशिक अध्ययनका चुनौतीका बारेमा नैना थिङ्ग लामा ताम्राकारले सहजीकरण गरेका थिए ।

यसैगरी अधिवक्ता जुना गुरुङ, गुरु लामा पाल्देन, फिटनेसका बारेमा आभ्या क्लब, तामाङ समुदायको रीतिरिवाजका बारे नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङ, एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज कर्णीकार, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापा, एस के डान्स स्कुलका संचालक राम लामाले नृत्य कला सिकाएका थिए ।

साथै विद्याज डाइटका संचालक डाइटिसियन श्रीविद्या कायस्थले सन्तुलित आहार, गुरुङ व्युटी एकेडेमीका सौन्दर्यविद् चिनु गुरुङले सौन्दर्यकला, खोजमिडियाका संचालक गणेश ब्लोन लामाले फोटोग्राफी र नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठले लिडरसिपका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

माघ १२ शनिबार हुने ग्राण्ड फिनालेमा विशाल काल्तानलगायतका कलाकारको प्रस्तुति रहने बताइन्छ । बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेस्टिभल गर्दै आएको छ ।

Copyright © 2024 | All rights reserved.