बैशाख ०४, २०८२, बिहीबार

वरिष्ठ कलाकार मुल्मी र संगीतकार जोजिजू सम्मानित


Advertisement Image
clock icon 2 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । वरिष्ठ कलाकार प्राध्यापक राधेश्याम मुल्मी र गायक तथा संगीतकार रामभक्त जोजिजूलाई पोखरामा पुरस्कृत भएका छन् ।

पोखरेली युवा सांस्कृतिक परिवारले शनिबार मुल्मीलाई ललितकला र जोजिजूलाई सोम बज्राचार्य स्मृति संगीत पुरस्कारबाट पुरस्कृत गरेको हो ।

वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायन, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्त श्रेष्ठ, साहित्यकार तीर्थ श्रेष्ठलगायतले उनीहरुलाई नगद, ताम्रपत्र र दोसल्लासहित पुरस्कृत गरेका हुन् ।

परिवारकी अध्यक्ष रीता अधिकारी रीतुका अनुसार नेपाली चित्रकला तथा गीतसंगीत क्षेत्रमा दिएको योगदानको कदरस्वरूप उनीहरुलाई पुरस्कृत गरिएको हो ।

यो पुरस्कारबाट यसअघि बीमाकुमारी दूरा, सामसुङ तामाङ, नवराज बराल, रुपेनबाबु थापा, सुनील थापा, कर्ण दास र श्यामलाल श्रेष्ठ पुरस्कृत भइसकेका छन् ।

सो अवसरमा जोजिजूले उडेर जुन छुन्छु र के वर मागी… गीतसमेत प्रस्तुत गरे ।

परिवारका पूर्वअध्यक्ष जीवनसागर भण्डारीले पुरस्कृत दुवै स्रष्टाका जीवनी प्रस्तुत गरेका थिए ।

परिवारकी अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव एमडी काफ्लेले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.