बैशाख ०४, २०८२, बिहीबार

कस्तो रहला आजको मौसम ?


Advertisement Image
clock icon 2 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

जसको प्रभावले कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली रहने सम्भावना छ । 

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
 

Copyright © 2024 | All rights reserved.