बैशाख ०४, २०८२, बिहीबार

सबैको सहमतिमा २०८४ सालभित्रै संविधान संशोधन : उपसभापति गुरुङ


Advertisement Image
clock icon 2 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले २०८४ सालभित्रै संविधान संशोधन हुने दाबी गरेका छन् ।

नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत स्याङ्जाको वालिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् ।

उनले नेपाली कांग्रेस र एमाले बीच भएको सात बुँदे सहमति तलमाथि नहुने बताए । साथै उनले सबैको सहमतिमा २०८४ सालभित्रै संविधान संशोधन हुने जिकिर गरे ।

उनले भने, ‘संविधान संशोधन कांग्रेस र एमालेका लागि मात्रै चाहिएको होइन सबैलाई चाहिएको छ, त्यसैले संविधान संशोधनमा सबैलाई समेटिन्छ ।’

कानूनको अभावमा देशको अर्थतन्त्र धराशायी बनेको भन्दै उनले देशको अर्थतन्त्र सुदृढ गर्न पनि अहिलेकै सरकारले निरन्तरता पाउने बताए ।

गुरुङले नेपालीको भाग्य कानूनले खोसेको दाबीसमेत गरे । कानून अभावमा देशमा गाँजाखेती, घरेलु मदिरा ब्राण्डिङदेखि नेपालको जडिबुटी उपयोगितासमेत बाधा पर्दा देशको अर्थतन्त्र खस्कदै गएको उनको तर्फ थियो ।

उनले यी लक्षित कानुन बनाउन सके युवा विदेश जानेक्रम रोकिने मात्रै नभएर विदेश गएका युवासमेत फर्किने दावी गरे ।

Copyright © 2024 | All rights reserved.