बैशाख ०४, २०८२, बिहीबार

माछापुच्छ्रे-९ सिधिङमा भलिबल प्रतियोगिता हुने


Advertisement Image
clock icon 2 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं ९ सिधिङमा सविक वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सिधिङ युनाइटेडले क्लबले वार्षिकोत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिता माघ ३० देखि फागुन ३ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुने टिमले माघ २९ गते दिउँसो ४ बजेभित्र नाम दर्ता गरिसक्नु पर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता विजेताले ८५ हजार, उपविजेताले ५० हजार र तृतीय हुनेले ३० हजार र सान्त्वना हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई नगद पुरस्कारको व्यवस्था गरिएको क्लब अध्यक्ष शुकबहादुर तामाङले बताए ।

यता, भेट्रान्स भलिबल प्रतियोगिता विजेताले ३० र उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने तामाङले बताए ।

माछापुच्छ्रे« गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा नं ९ का अध्यक्ष हरिबहादुर क्षेत्रीले प्रतियोगिताले खेलकुद क्षेत्रको विकाससँगै कला, संस्कार र संकृतिको जगेर्ना गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा आकर्षणको रूपमा हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारद्धारा नृत्य, गायन, हास्यब्यंग्य प्रस्तुति रहनेछ भने विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुनेछ ।

साथै आधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता, रस्साकस्सी, छेलो हान्ने, घैँटो फुटाइलगायतका कार्यक्रम हुने क्लबका कार्यबाहक सचिव प्रज्वल क्षेत्रीले बताए ।

Copyright © 2024 | All rights reserved.