बैशाख २४, २०८२, बुधबार

दर्पण लायन्सद्वारा न्यानो कपडा वितरण


Advertisement Image
clock icon 3 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । लायन्स क्लब अफ पोखरा दर्पणले कास्कीको मादी गाउँपालिका वडा नं ११ वार्चोकस्थित अन्नपूर्ण सीतापोखरी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई कार्यक्रमका मादी गाउँपालिका-११ का वडाध्यक्ष चलचित्र गुरुङ, क्लब अध्यक्ष विश्व पौडेल, लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका जोन ३६ का जोनचेयर पर्सन महेन्द्र पौडेलले विद्यार्थीलाई स्वीटर, टोपी र ट्रयाकसुट वितरण गरे ।

कार्यक्रममा वडाध्यक्ष गुरुङले ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा विद्याथीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गरे । लायन्स दर्पणले गरेको सहयोगले विपन्न वर्गका विद्यार्थीलाई ठूलो सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

लायन्सका जोनचेयर पर्सन पौडेलले आधारभूत सामग्रीको अभावले कोही पनि विद्यार्थी शिक्षा प्राप्त गर्ने अधिकारबाट बञ्चित हुन नहुने बताए ।

क्लब अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका एडिसनल क्याबिनेट ट्रेजरर तथा पूर्व अध्यक्ष वीजेन्द्र शर्मा पौडेल, रिजन एसका रिजन चेयरपर्सन तथा पूर्व अध्यक्ष राममणि पौडेल, निवर्तमान अध्यक्ष ई. किरण केसी, वडासदस्य विजय खनाल, विद्यालयका प्रधानाध्यापक लीला खनाल, कार्यक्रम संयोजक दिनेशमणि लामिछानेलगायतले सामाजिक र शैक्षिक क्षेत्रमा लायन्स पुर्याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय ध्वजाको अभिवादन कोषाध्यक्ष शनी शाक्यले गरेका थिए । साथै स्वागत पूर्वअध्यक्ष तथा रिजन चेयर पर्सन राममणि पौडेलले र कार्यक्रम सञ्चालन क्लब सचिव अग्नीधर तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षिकाले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

Copyright © 2024 | All rights reserved.