बैशाख ०४, २०८२, बिहीबार

कांग्रेसको प्राथमिकता देश र जनता : प्रवक्ता सिग्देल


Advertisement Image
clock icon 2 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली कांग्रेसको एक सय दिने विशेष अभियान जारी छ ।

सो वडाको बरपौवामा आयोजित कार्यक्रमलाई संवोधन गर्दै नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले कांग्रेसको प्राथमिकता देश र जनता नै भएको बताए ।

साथै उनले कांग्रेस सधैँ जनताकै साथमा रहने पार्टी भएको स्पष्ट पारे ।

कार्यक्रममा पोखरा-३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, वडासदस्य दुर्गा केसी, नेपाली कांग्रेस कास्कीका आमन्त्रित सदस्य भोजराज आचार्य, नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं ३३ का वडा सभापति तिलक अधिकारीलगायतले बोलेका थिए ।

अभियानका क्रममा स्थानीय आवश्यकता र जनभावनालाई नजिकबाट बुझ्ने प्रयास गरिएको सो वडाका लागि पार्टी प्रतिनिधि सदस्य प्रकाशचन्द्र सापकोटाले जानकारी दिए ।

नेपाली कांग्रेस बरपौवा टोल सभापति कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा कार्यसमिति सचिव हरिराम पौडेलले गरेका थिए ।

अभियानका क्रममा सो वडाका अग्रज नेता देवीबहादुर शाहीको निधनप्रति दुःख व्यक्त गरिएको थियो । शोकसभामा नेपाली कांग्रेस कास्की सचिव देवेन्द्र रानाभाट, सहसचिव एवं प्रवक्ता सिग्देल, वडा कार्यसमिति सभापति अधिकारी र स्थानीय रामजी प्रसाद आचार्यलगायतले बोलेका थिए ।

Copyright © 2024 | All rights reserved.