बैशाख ०४, २०८२, बिहीबार

कांग्रेस नेता बस्नेतमाथि पोखरा-३२ का जनप्रतिनिधि कुटेको आरोप


Advertisement Image
clock icon 2 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की र वडा सदस्यहरुले आफूहरुमाथि सांघातिक आक्रमण भएको बताएका छन् ।

वडाध्यक्ष कार्कीसहित वडासदस्यहरु शोभा विक, तीर्थबहादुर सुयँल, र रविराज तिवारीले आज प्रेस विज्ञप्ति जारी गर्दै माघ ३ गते दिउँसो १ बजे वडाध्यक्षकै कार्यकक्षमा आफूहरुमाथि कांग्रेस नेता एवं नेपाल तरुण दलका केन्द्रीय सदस्य मदन बस्नेतको समूहले आक्रमण गरेको उल्लेख गरेका छन् ।

साथै उनीहरुले न्यायका लागि इलाका प्रहरी कार्यालय डाँडाकोनाक, जिल्ला प्रहरी कार्यालय कास्कीका जाँदा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको विज्ञप्तिमा उल्लेख गरेकना छन् ।
यस विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदा पार्टी नेतृत्वबाटै आफूहरुको मुद्दा दर्ता गराउनमा अवरोध सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले दोषी उपर तत्कालै कडा कार्वाही गर्न मागसमेत गरेका छन् । आफूहरुले कानून विपरीतका काम नगरेकै कारण आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी जनप्रतिनिधि नेपालको संविधान २०७२ अनुसार जनताद्वारा निर्वाचित भई जनताको मौलिक हक, विश्वव्यापी घोषणापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नागरिक अधिकारीप्रति पूर्ण प्रतिबद्ध छाैँ ।’

‘वडाध्यक्ष, वडा प्रतिनिधि, पोखरा महानगरपालिका सदैव नेपालको संविधान, ऐन कानूनको परिपालना, कार्यान्वयन, वडावासीको शान्ति सुरक्षाप्रति प्रतिबद्धता व्यक्त गर्दछाँै’, विज्ञप्तिमा भनिएको छ ।

‘स्थानीय शासन संचालन ऐन, २०७४ अनुसार नागरिकको लागि स्थानीय तहबाट प्रदान गरिने सेवा सुविधा प्रति संवेदनशील भई नेपालको संविधान, ऐन, कानुन नीति, नियम अनुसार कार्य सञ्चालन गर्दै आएको सर्वविधितै छ । कुनै पनि व्यक्तिले व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि सार्वजनिक संस्थामा आई सार्वजनिक व्यक्तिमाथि गरिएको गैरकानूनी हर्कत एवं बलको दुरुपयोग गरी व्यक्तिगत, संस्थागत र सामाजिक मान मर्यादा हनन हुने गरी गरिएको निकृष्ट व्यवहारको खेद प्रकट गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।

यस विषयमा आरोपित मदन बस्नेतसँग सम्पर्क गर्न प्रयास गर्दा फोन उठाएनन् ।

Copyright © 2024 | All rights reserved.