0
प्रतिक्रिया
पोखरा । पोखराबाट नारायणढ जाँदै गरेको बसबाट खसेर आइतबार दिउँसो युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं २८ का २६ वर्षका सञ्जीव बोहरा छन् ।
उनी बसका सहचालक भएको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाले जानकारी दिए ।
तनहुँको म्याग्दे गाउँपालिका वडा नं ६ छबिसेमा सो घटना भएको हो ।
गुडिरहेको बा४ग ५८०१ नम्बरको बसबाट सहचालक बोहरा अचानक खस्न पुगेका थिए । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
बस चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको डीएसपी थापाले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.