बैशाख २१, २०८२, आइतबार

देशभर पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय, कस्ताे रहला माैसम ?


Advertisement Image
clock icon 3 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ ।

जसको प्रभावले आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

न्यूनचापीय प्रणालीको कारण कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको मौसम यति बेला आंशिक बदली छ ।

तराईका धेरै भूभागमा अहिले हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
 

Copyright © 2024 | All rights reserved.