0
प्रतिक्रिया
पोखरा । नेपाल निजामती कर्मचारी युनियन माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा ओमप्रकाश विश्वकर्मा निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न युनियनकाे अधिवेशनले विश्वकर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
युनियन कास्की अध्यक्ष सुरेशकुमार श्रेष्ठका अनुसार युनियनको उपाध्यक्षमा चोलाकान्त रेग्मी, उपाध्यक्ष समावेशीमा सीता पौडेल, सचिवमा उदय बराल, सहसचिवमा दीपेन्द्र रानाभाट र कोषाध्यक्षमा केशव अधिकारी छन् ।
यस्तै कार्यसमिति सदस्यमा मोहन पौडेल, गुणराज अधिकारी, बलराम अधिकारी, केशमाया गुरुङ, सीता आचार्य र सागर पौडेल छन् ।
यसअघि अधिवेशन उद्घाटन माछापुच्छ्रे गाउँपालिकाकी उपप्रमुख सीता अधिकारीले गरेकी थिइन् ।
Copyright © 2024 | All rights reserved.