बैशाख ०४, २०८२, बिहीबार

उपकार सहकारीद्वारा ज्येष्ठ नागरिकलाई सहयोग


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ स्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ नागरिकलाई सहयोग गरेर १६औँ वार्षिकोत्सव मनाएको छ ।

सहकारीले पोखरा-६ स्थित शुभकामना ज्येष्ठ नागरिकलाई एक लाख रुपैयाँ बराबरको भान्सामा प्रयोग गरिने किचन सामग्री सहयोग गरेको हाे ।

सहकारीका अध्यक्ष सूर्यनाथ पहारीले ज्येष्ठ नागरिक परिवारलाई सोमबार एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।

सो अवसरमा पोखरा-६ वडासदस्य बासुदेव बरालले ज्येष्ठ नागरिकका लागि आवश्यक सेवा, सुविधा प्रदान गर्न वडा कार्यालय लागि परेको सुनाए ।

उनले अधिकारको संरक्षण र संवर्द्धन गरी उनीहरूमा भएको अनुभव, सीप, ज्ञान र क्षमतालाई लाई विकासको राष्ट्रिय मूल प्रवाहमा समाहित गर्दै योजनावद्ध ढङ्गले लाग्नुपर्ने बताए ।

सहकारीका अध्यक्ष पहारीले सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न काम गरेको आएको बताए ।

ज्येष्ठ नागरिकको हक, हित र संरक्षण गरी उनीहरूलाई समाजमा उचित र यथोचित ढङ्गले सम्मान दिन आवश्यक रहेको बताए ।

संस्थाले समुदायका ज्येष्ठ नागरिकलाई सहयोग गरेर संस्थाको वार्षिकोत्सव मनाउँदा आत्मसन्तुष्टि मिलेको जनाए ।

कार्यक्रममा नागरिक समाजका कास्की पूर्व संयोजक विष्णुहरि अधिकारी, सहकारीका उपाध्यक्ष सुन्दरराज पहारी, सचिव कुष्णकुमारी पौडेल, ज्येष्ठ नागरिक सदस्य लोकराज पहारी र पार्क उपाध्यक्ष कुन्ता अधिकारीलगायतले बोलेका थिए ।

Copyright © 2024 | All rights reserved.