0
प्रतिक्रिया
पोखरा । ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन(टेसा) पोखराको २६औँ साधारणसभा सम्पन्न भएको छ ।
साधारण उद्घाटन पोखरा महानगरपालिका वडा नं ३१ का वडाध्यक्ष ढकनाथ कंडेलले पर्यटकीय स्थानमा पर्यटनसम्बद्ध संस्थाले कार्यक्रम गरी यस क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुर्याएको बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटनका क्षेत्रमा प्रयोग हुने समाग्रीको विक्रीवितरण गरी पर्यटन क्षेत्रमा टेसाले महत्वपूर्ण योगदान गरेको बताए ।
पर्यटन प्रवर्द्धनका साथै सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा संस्थाले गरेको योगदान प्रशंसनीय भएको उनको भनाइ छ ।
टेसा पोखराका अध्यक्ष प्रमोद भण्डारीले संस्थाले पोखराको पर्यटन प्रवर्द्धनका हरेक कार्यक्रममा सक्रियताका साथ आफ्नो भूमिका निर्वाह गर्दै आएको बताए ।
व्यवसायिक एकतासँगै एकआपसमा आपसी सद्भाव अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
टेसा पोखराका पूर्वअध्यक्ष नारायणप्रसाद सुवेदीले टेसामा आवद्ध व्यवसायी संस्थागत रुपमा एकतावद्ध हुँदै पर्यटन प्रवर्द्धन, सामाजिक उत्तरदायित्वका कार्यक्रममा क्रियाशील बन्दै अघि बढेको धारणा राखे ।
संस्थाका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष टीकाबहादुर लम्सालले स्वागत र सञ्चालन सचिव महेन्द्रबहादुर जिसीले गरेका थिए ।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू रामु गौतम, नारायण सापाकोटा, नवराज अधिकारी, चन्द्र पौडेल, राम गिरी लगायत पोखरामा क्रियाशील पर्यटनसम्बद्ध संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिलगायत सहभागी थिए ।
कार्यक्रमका सहभागीले पोखरा-३१ पचभैयामा हालै सञ्चालनमा आएको हिमालयन फरेष्ट रिसोर्टको स्थलगत अवलोकनसँगै त्यहाँबाट प्रवाह भैरहेका सेवा सुविधाबारे जानकारी लिएका थिए ।
करिब १२ करोड रुपैयाँ लागतमा निर्मित उक्त रिसोर्टबाट लेखनाथका बेगनास ताल, रुपाताल, माछापुच्छ्रेसहितको हिमाली दृश्य एक साथ अवलोकन गर्न सकिन्छ ।
पर्यटक स्तरीय सुविधासम्पन्न २२ वटा कोठाका साथै सभाहलसमेत रहेको रिसोर्टबाट पोखरा अन्तरार्ष्ट्रिय विमानस्थलका साथै पोखराको रमणीय दृश्य पनि अवलोकन गर्न सकिन्छ ।
Copyright © 2024 | All rights reserved.