0
प्रतिक्रिया
सुनसरी । सुनसरीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा उपमहानगरपालिका वडा नं ११ का ८६ वर्षीय वीरबहादुर विश्वकर्मा छन् ।
सोमबार दिउँसो १ बजे धरान उपमहानगरपालिका-११ स्थित कुर्विता चोकबाट सिमाना चोकतर्फ जाँदै गरेको प्र.१-०१-००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
ट्रक चालक धरान उपमहानगरपालिका वडा नं ८ का ४८ वर्षीय सन्तवीर श्रेष्ठलाई धरान इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.