बैशाख ०४, २०८२, बिहीबार

तनहुँ बेलभञ्ज्याङमा मोटरसाइकल दुर्घटना, दुई जनको मृत्यु


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

तनहुँ । तनहुँमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुइ जनाको घटनास्थलमै ज्यान गएको छ ।

मृत्यु हुनेमा तनहुँ ऋषिङ गाउँपालिका वडा नं.६ चालिसे घर भई हाल व्यास नगरपालिका वडा नं. ५ पाटन बस्ने १९ वर्षीय सन्दीप आले र उनकी आमा ४० वर्षीय मधुमाया आले छन् । उनीहरु आमा-छोरा भएकाे बताइएकाे छ । 

दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको गण्डकी प्रदेश ०३-००१ प ०३१० नम्बरको मोटरसाइकल आज ८ः२० बजे पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नं १२ बेलभञ्ज्याङस्थित सडकको कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो । माेटरसाइकल कल्भर्टमा ठाेक्किएर सडकमुनि पुगेकाे थियाे ।

हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ । उनीहरुको शव दमौली अस्पतालमा राखिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.