बैशाख ०४, २०८२, बिहीबार

संविधानसभा सदस्य रामजीप्रसाद शर्माको निधन


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

बागलुङ । पूर्व ऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको निधन भएको छ ।

शर्माको मंगलबार दिउँसो ६८ वर्षको उमेरमा भारतस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

मिर्गाैलामा समस्या भएपछि शर्मा केही समयअघि उपचारका लागि भारत जानु भएको थियो ।

मिर्गाैला प्रत्यारोपण असफल भएपछि उनको निधन भएको नेकपा (एकीकृत समाजवादी) बागलुङका अध्यक्ष पिङ्गलराज गौतमले जानकारी दिए ।

पुराना वामपन्थी शर्मा पछिल्लो समय एकीकृत समाजवादीमा क्रियाशील थिए ।

विसं २०६४ को संविधानसभा सदस्यमा निर्वाचित भएका शर्मा त्यही बेला उनी राज्यमन्त्री भएका थिए ।

एकीकृत समाजवादी पार्टी स्थापना भएपछि उनी गण्डकी प्रदेश अध्यक्षसमेत भएका थिए ।

हाल उनी कुनै पनि जिम्मेवारीमा थिएनन् । शर्माको शव बुधबार साँझसम्म भारतबाट बागलुङ ल्याइपुग्ने अध्यक्ष गौतमले बताए ।

Copyright © 2024 | All rights reserved.