0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ ।
छापावाला सुनको भाउ मंगलबार र आज बुधबार तोलामा तीन हजार रुपैयाँ बढेको छ ।
भाउ बढेसँगै सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ मंगलबार एक लाख ५८ हजार एक सय रुपैयाँ थियो ।
यता, आज असली चाँदीको भाउ पनि २० रुपैयाँ बढेर एक हजार आठ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.