0
प्रतिक्रिया
पोखरा । पोखराका पत्रकार हरि पन्त सम्मानित भएका छन् । धादिङ त्रिपुरा बाराही महिला समूहले आठौँ साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा पत्रकार पन्तलाई सम्मान गरेको हो ।
पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई र समूहकी अध्यक्ष बबिता मल्लले उनलाई १५ हजार पाँच सय ५५ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन् ।
पत्रकार पन्त पोखरा २०६३ देखि पत्रकारितामा क्रियाशील छन् । पत्रकारिताको माध्यमबाट समूहका गतिविधिलाई प्रचारप्रसारमा महत्वपूर्ण योगदान दिएको भन्दै पत्रकार पन्तलाई सम्मान गरिएको समूहकी सचिव रचना अधिकारीले जानकारी दिइन् ।
सोही अवसरमा धादिङ-पोखरा सम्पर्क समाजका अध्यक्ष सरस्वती श्रेष्ठ सरु, समूहका सल्लाहकार अम्विका थपलिया र कोषाध्यक्ष जुना श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष भट्टराईले महिलाले आफ्ना घरका काम सकेर सामाजिक क्षेत्रमा पनि क्रियाशील हुनु सुखद् भएको बताए ।
धादिङ त्रिपुरा बाराही महिला समूह वडाकै उत्कृष्ट समूह भएको भन्दै समूहका गतिविधिमा आफ्नो र वडाको साथ रहने प्रतिवद्धता जनाए ।
धादिङ-पोखरा सम्पर्क समाजका अध्यक्ष श्रेष्ठले समाज र समूहबीच सहकार्य गरेर अघि बढ्न सकिने बताइन् ।
सम्मानित पत्रकार पन्तले सम्मानले पत्रकारिता क्षेत्रमा अझै सक्रिय हुन उर्जा मिलेको बताए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष नेत्रलाल भण्डारी, खहरे आमा समूहकी अध्यक्ष शान्ति पहारीलगायतले बोलेका थिए ।
समूहकी अध्यक्ष मल्लको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समूहकी वरिष्ठ उपाध्यक्ष लक्ष्मीमाया थापा र सञ्चालन सचिव रचना अधिकारीले गरेकी थिइन् ।
साधारणसभाले सचिव अधिकारी र कोषाध्यक्ष जुुना श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
अधिवेशनले लक्ष्मीमाया थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
Copyright © 2024 | All rights reserved.