असार २५, २०८२, बुधबार

राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई


Advertisement Image
clock icon 5 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । घरेलु टोली गण्डकी प्रदेशले ‘पोखरा कप’ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखरामा बुधबार सम्पन्न फाइनल खेलमा बागमती प्रदेशमाथि ८१-७८ अङ्कको झिनो अन्तरको जित निकाल्दै गण्डकी च्याम्पियन बनेको हो ।

खेलमा गण्डकीले पहिलो क्वाटरमा २४-१८ अङ्कले अग्रता बनाए पनि दोस्रो क्वाटरमा बागमती २२-१७ अङ्कले अघि रह्यो ।

तृत्तीय क्वाटरमा समेत गण्डकी १७-२६ अङ्कले पछि रह्यो । तर अन्तिम क्वाटर गण्डकीले २३-१२ अङ्कले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।

प्रतियोगिताको च्याम्पियन बनेको गण्डकीले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्दा उपविजेता बागमतीले नगद ६६ हजार छ सय ६६ रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगितामा लुम्बिनी प्रदेशले तेस्रो स्थान हात पारेको छ । तेस्रो स्थानका लागि भएको खेलमा कर्णाली प्रदेशलाई ९०-२६ अङ्कले लुम्बिनीले पराजित गरेको हो । लुम्बिनीले नगद ३३ हजार तीन सय ३३ रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पायो ।

विजेता खेलाडीलाई गण्डकी प्रदेशसभाका पूर्वसदस्य मोहन रेग्मी, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष एवं गण्डकी प्रदेश बास्केटबल सङ्घका अध्यक्ष धोजकुमार गुरुङ, नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष जुमणप्रसाद गुरुङ, प्रदेश खेलकुद परिषद्का सदस्यद्वय शुभकन्या गुरुङ र विष्णुमाया गुरुङलगायतले पुरस्कार वितरण गरे ।

गण्डकी प्रदेश बास्केटबल सङ्घको आयोजनामा यही माघ ७ गतेदेखि प्रतियोगिता सुरु भएको प्रतियोगितामा छ प्रदेश सहभागी थियो ।

Copyright © 2024 | All rights reserved.