0
प्रतिक्रिया
पोखरा । पोखरा चौँथो खुला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।
लोककवि अलि मियाँको स्मृतिमा नेपाल मुस्लिम युवा समिति पोखरा-१३ को आयोजनामा प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता यही माघ १३ देखि २० गतेसम्म पोखरा-१३ स्थित माछापोखरी फुटबल मैदानमा सञ्चालन हुनेछ ।
२०७८ मा तेस्रो संस्करणको प्रतियोगिता गरेको समितिले प्रतियोगितालाई निरन्तरता दिँदै चौँथो संस्करण आयोजना गरिएको समिति अध्यक्ष अब्बास अली मियाँले जानकारी दिए ।
प्रतियोगितामा ४० भन्दा बढी टिमले सहभागिता जनाउने अपेक्षा गरिएको प्रतियोगिताका संयोजक नजिम अलीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेले एक लाख ४० हजार र द्वितीय हुने टिमले ८५ हजार रुपैयाँ नगल पुरस्कार प्राप्त गर्ने खेल संयोजक अलीले बताए । विधागततर्फ पाँच विधामा खेलाडीलाई पुरस्ककृत गरिनेछ ।
बेस्ट फरवाड, मिड-फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद पाँच/पाँच पुरस्कार दिइनेछ । प्रतियोगिता गर्न आठ लाख ८० हजार खर्च लाग्ने आयोजकको अनुमान छ ।
Copyright © 2024 | All rights reserved.