बैशाख ०४, २०८२, बिहीबार

स्याङ्जामा आगलागीबाट आठ लाखको क्षति


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । स्याङ्जामा आज बिहान करिब ५ः३० बजे आगलागी भएको छ ।

अर्जुनचौपारी गाउँपालिका वडा नं ५ गैराथरस्थित सूर्यप्रसाद पौडेलको जस्ताले छाएको दुई तले कच्ची गोठमा आगोलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट गोठ जली नष्ट भएको छ भने गोठमा रहेका एक भैसी, एक पाडो र दुई बाख्रा मरेका छन् ।

साथै आगलागीबाट एक गोरू घाइते भएको र २० भारी पराल जलेर सखाप भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिप्रसाद पौडेलले जानकारी दिए ।

डीएसपी पौडेलका अनुसार आगलागीबाट करिब आठ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । कुँडो पकाउने क्रममा आगोलागी भएको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.