बैशाख ०४, २०८२, बिहीबार

सेनाद्वारा बम डिस्पोज


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । स्याङ्जामा बुधबार भेटिएको बम डिस्पोज गरिएको छ ।

स्याङ्जा पुतलीबजार नगरपलिका वडा नं १४ लामागेमा भेटिएको बम आज बिहान ११ः५० बजे सिंह सार्दुल गुल्म आँधीखोला व्यारेक स्याङ्जाको टोलीले डिस्पोज गरेको हो ।

बुधबार बिहान स्थानीय बिष्णुप्रसाद पौडेलको खेतमा जेसीबीले सम्याउने क्रममा टुइचमोटरमा लाग्ने एचई नाम बम भेटिएको थियो ।

बम सुरक्षित तवरले डिस्पोज गर्न सफल भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार बम डिस्पोज हुँदा ठूलो आवाज आएको थियो ।

बम डिस्पोजल टोली घटनास्थल नपुग्दासम्म नेपाल प्रहरी र आँधीखोला ब्यारेक स्याङ्जाले सुरक्षा दिएको थियो ।

Copyright © 2024 | All rights reserved.