0
प्रतिक्रिया
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्ती (एमबी आस्था) विजयी भएका छन् ।
संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनअन्तर्गत बिहीबार भएको निर्वाचनमा प्रत्यासी सुरज श्रेष्ठलाई पराजित गर्दै घर्ती विजयी भएका हुन् । घर्तीले ३६ र सुरज श्रेष्ठले २७ मत प्राप्त गरे ।
उपाध्यक्षमा राजाराम पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
महिला उपाध्यक्षमा उमा आले मगर विजयी भएकी छन् । उनले प्रत्यासी राधिका कंडेललाई नौ मत अन्तरले पराजित गरेकी हुन् । मगरले ३६ मत प्राप्त गर्दा कंडेलले २७ मत प्राप्त गरिन् ।
यस्तै, महासचिव पर्शुराम शर्मा विजयी भएका छन् । उनले ३८ मत प्राप्त गरे भने प्रत्यासी लक्ष्मी पल्पसाले २५ मत प्राप्त गरिन् ।
संस्थाको सचिवमा राजु गिरी ४१ मतका साथ विजयी भए । उनका प्रत्यासी कविता घर्ती मगरले २३ मत प्राप्त गरिन् ।
कोषाध्यक्षमा विमल तिवारी निर्विरोध निर्वाचित भए ।
यस्तै कार्यसमिति सदस्यमा गीता राना, कृष्ण दवाडी, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पौडेल सर्वसम्मत भए ।
Copyright © 2024 | All rights reserved.