0
प्रतिक्रिया
पोखरा । १९औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५ आगामी फागुन ३ गते हुने भएको छ ।
म्याराथनलाई भव्य बनाउन आयोजक भूतपूर्व खेलाडी मञ्चले नेपालमा २३ उपसमिति र विदेशमा छ अन्तर्राष्ट्रिय समिति गठन गरेको छ । प्रतियोगिताको तयारी तीव्र बनाइएको छ ।
‘स्वास्थ्यका लागि, पोखराका लागि’ भन्ने नाराका साथ आयोजित म्याराथनमा स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिनेछन् । पोखरा रंगशालाबाट सुरु हुने दौड भने पोखरा ६ हल्लनचोकमा समापन हुने बताइएको छ ।
मुख्य म्याराथनमा सहभागीलाई चिप्सको प्रयोग गरिने भएको छ । जसले धावकको दौड समय सटिक तरिकाले मापन गर्दछ ।
म्याराथन विजेतालाई पाँच लाख, उपविजेतालाई तीन लाख, तेस्रोलाई दुई लाख, चौथोलाई ५० हजार, पाँचौँ लाई ३० हजार, छैटौँलाई २० हजार, सातौँलाई १५ हजार र आठौँ हुनेलाई १० हजार प्रदान गरिने मञ्चले जनाएको छ ।
गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्साहन स्वरूप छुट्टै पुरस्कारको व्यवस्था गरिने भएको छ । महिला तथा पुरुष हाफ म्याराथन, १० किमी पुरुष तथा महिला, पाँच किमी छात्र, छात्रा, भेट्रान (५० वर्षमाथि), ह्वीलचियर तथा दृष्टिविहीन तर्फ पनि पुरस्कार राखिएको छ ।
Copyright © 2024 | All rights reserved.