बैशाख ०४, २०८२, बिहीबार

कुवामा डुबेर एक महिलाको मृत्यु


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

गोरखा । गोरखामा कुवामा डुबेर बिहीबार एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा पालुङटार नगरपालिका वडा नं ६, ठूलाचौरकी ६७ वर्षीया कृष्णामाया कामी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माका अनुसार कामी करिब पाँच फिट गहिरो कुँवामा मृतावस्थामा भेटिएकी थिइन् ।

शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शव उद्धार गरी परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको उनले बताए ।

Copyright © 2024 | All rights reserved.