0
प्रतिक्रिया
पोखरा । पोखरास्थित लेकसाइड मदिरा व्यवसायी समितिको तेस्रो साधारणसभा बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले सरकार र निजी क्षेत्रबीच सहकार्य हुन आवश्यक रहेको बताए ।
उनले सरकार र निजी क्षेत्रबीच सहकार्य हुन नसके समृद्धि हासिल हुन नसक्ने भन्दै उनले समृद्धिका लागि निजी क्षेत्रले पनि ध्यान दिनुपर्ने बताए ।
मदिरा व्यवसायीका पिर मर्कामा आफूले सदैव साथ दिने सांसद बरालले प्रतिवद्धता जनाए ।
पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीले मदिरा व्यवसायीका सबै गतिविधिमा आफू र वडा कार्यालयको साथ रहने स्पष्ट पारे ।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिरहँदा राज्यले यहाँका व्यवसायीप्रति सकारात्मक सोचले हेर्नुपर्नेमा जोड दिए ।
वडा प्रहरी कार्यालय बैदाम प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष निरौलाले पर्यटकीय क्षेत्र अवान्छित र उच्छृङ्खल गतिविधि हुन नदिने प्रतिवद्धना जनाए ।
समितिका निवर्तमान अध्यक्ष दिनदयाल पाण्डेले व्यवसायीका हक र हितमा समितिले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए
सो अवसरमा सचिव कृष्ण बराल र कोषाध्यक्ष ध्रुवराज बरालले प्रस्तुत गरेको प्रतिवेदनलाई साधारणसभाले पारित गरेको थियो ।
समिति अध्यक्ष शोभन देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गादत्त गौतमले स्वागत र सञ्चालन सहसचिव बालाहरि बरालले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.