बैशाख ०४, २०८२, बिहीबार

हतियार कारखानामा शक्तिशाली विस्फोट, ११ जनाको शव फेला


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । भारतीय सेनाको हतियार कारखानामा शक्तिशाली विस्फोट भएको छ ।

महाराष्ट्र राज्यको भण्डारास्थित हतियार कारखानामा शुक्रबार बिहान करिब १०ः३० बजे विस्फोट भएको बताइएको छ ।

सो घटनामा ११ जनाको शव फेला परेको सञ्चारमाध्यमले जनाएको छ ।

विस्फोटको आवाज पाँच किलोमिटर टाढासम्म सुनिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । के कारणले विस्फोट भयो भन्नेबारे प्रस्ट भइसकेको छैन ।

विस्फोटबाट हतियार कारखानाको एउटा छत भत्किएको र जेसीबीको मद्दतमा भग्नावशेष पन्छाउने काम भइरहेको अधिकारीले जनाएका छन् ।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले भत्किएको छतले पुरिएर १३-१४ जना फसेको जानकारी पाएको बताएका छन् ।

Copyright © 2024 | All rights reserved.