0
प्रतिक्रिया
पोखरा । आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा नेपालले प्लेअफ खेलमा मलेसियालाई सात विकेटले हराएको छ ।
आज सम्पन्न खेलअन्तर्गत मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालका लागि कप्तान पूजा महतोले अविजित २३ रनको पारी खेलिन् । सिमाना केसी चार रनमा अवीजित रहिन् । मलेसियाकी मार्सियाले तीन विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६दशमलव५ ओभरमा अलआउट हुँदै ४५ रन बनाएको थियो । नुरिमानले सर्वाधिक १५ रन बनाएकी थिइन् ।
नेपालकी कप्तान पूजाले ३दशमलव५ ओभरमा नौ रन दिएर चार विकेट लिइन् । रचना चौधरीले तीन तथा सिमाना केसी र रिया शर्माले एक-एक विकेट हात पारे ।
नेपाल समूह चरणमा बंगलादेश, स्कटल्याण्ड र अस्ट्रेलियासँग पराजित भएको थियो ।
Copyright © 2024 | All rights reserved.