0
प्रतिक्रिया
पोखरा । बैदाम तामाङ सेवा समाजद्वारा आयोजित नवौँ मिस तामाङ पोखराको ग्राण्ड फिनाले आज हुँदैछ । ग्राण्ड फिनालेकाे सबै तयारी पूरा भएकाे छ।
प्रतियोगिता पोखरा सभागृह हलमा दिउँसो १२ बजे सुरु हुने आयोजक संस्थाका अध्यक्ष ज्याक तामाङले बताए । ग्राण्ड फिनालेमा विशाल काल्तानलगायतका कलाकारको प्रस्तुति रहनेछ ।
प्रतियोगितामा ११ तामाङ समुदायका युवतीको सहभागिता छ। सहभागीमा आकृति तामाङ, मञ्जिता पाख्रिन, प्रिन्सेस घिसिङ तामाङ, पूर्णिमा थिङ तामाङ, सुनिता तामाङ, सिसा लामा, सुप्रिया गोले तामाङ, पूर्णिमा लामा, सुमिना तामाङ, जमुना लामा र सोनिका तामाङ छन् ।
प्रतियोगिताको प्रमुख निर्णायकमा चलचित्र निर्देशक तथा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान र गीतकार तीर्थ तामाङ रहने छन्।
कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले विजेताले ताज, ट्रफी, प्रमाणपत्रसहित एक लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्पर पाउने बताइन् ।
फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार र सेकेन्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ हात पार्ने छन् । भ्यूवर्स च्वाइसका रुपमा एक जनाले नगद २० हजार पुरस्कारसमेत प्राप्त गर्ने छन् ।
बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेस्टिभल गर्दै आएको छ ।
Copyright © 2024 | All rights reserved.