बैशाख ०४, २०८२, बिहीबार

१४औँ अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखर । पोखरामा यही माघ १५ देखि २१ गतेसम्म बगर भाइखलकको आयोजनमा हुने १४औँ अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

पोखराको टुँडिखेल फुटबल मैदानमा हुने १४औँ संस्करणको अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

बगर भाइखलकका महासचिव मनकाजी गुरुङले अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा ३९ टिमको सहभागिता रहेको बताए ।

‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारालाई आत्मसाथ गर्दै २०६८ देखि भेट्रान्स फुटबल आयोजना गर्दै आएको महासचिव गुरुङले भने ।

प्रतियोगिता विदेशी टिमसहित ३९ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

महासचिव गुरुङले ४० वर्षदेखि ७० वर्ष उमेर समूहका पाका खेलाडीको खेलबाट नयाँ पुस्तालाई खेलकुदप्रति अभिरुची जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्यसमेत राखेको बताए ।

तीन विधामा हुने अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा ४० वर्ष उमेर पूरा भएको विधामा १९ टिम, ५० वर्ष उमेर समूहतर्फ १४ टिम र ६० वर्ष उमेर पूरा भएका ६ समूहबीच प्रतिस्पर्धा हुने महासचिव गुरुङले बताए ।

उनका अनुसार ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सो उमेर समूहको विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५र५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै ५० वर्ष उमेर समूहतर्फको विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

प्रतियोगिताको तीनवटै विधाको हरेक खेलमा म्यान अफ डी म्याच घोषित खेलाडीले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । १३औं संस्करणको प्रतियोगितामा ४० वर्ष उमेरसमूहतर्फ जोरपाटी भेट्रान्स काठमाडौं, ५० वर्ष उमेर समुहतर्फ संगम भेट्रान्स पोखरा र ६० वर्ष उमेर समूहतर्फ बगर भाइ खलकले उपाधि जितेको थियो ।

प्रतियोगितामा भारतको देहरादून, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ ।

बगर भाइखलकले फुटबल खेल विकासमा विशेष योगदान दिने खेलाडीलाई सम्मान गर्दै आएको बताउँदै यस वष पूर्वखेलाडी रमेश भट्टचनलाई सम्मान गर्ने जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.