बैशाख ०४, २०८२, बिहीबार

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

तनहुँ । तनहुँमा मोटरसाइकलको ठक्करबाट आज एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका वडा नं ११ की ५५ वर्षीया देवीमाया विक छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी विकको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका वडा नं ५ गल्छीनास्थित सडकमा ग१४प ४९५१ नम्बरको मोटरसाइकलले पैदल यात्रीमा रहेकी विकलाई ठक्कर दिएको थियो ।

मोटरसाइकल म्याग्दीबाट पोखरा हुँदै चितवनतर्फ जाँदै गर्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.