0
प्रतिक्रिया
पोखरा । पोखरामा पाचौँ टाइगर कप च्याम्पियनसिप शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) ले विजयी शुरुआत गरेको छ । एपीएफले थाइल्याण्डको ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लबलाई ३-२ सेटले पराजित गरेको हो ।
डिफेन्डिङ च्याम्पियन एपीएफबिरुद्ध ट्राभल इन्क्वारीले पहिलो र दोस्रो सेट आफ्नो पक्षमा परेको थियो ।
दुई सेट गुमाएर दवावमा परेको एपीएफले तेस्रो सेट २५-१९ र चौथो सेट २५-२० ले आफ्नो पोल्टामा पारेसँगै खेल पाँचौं तथा अन्तिम सेटमा धकेलिएको थियो । पाँचौ सेटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै एपीएफ विजयी भन्यो ।
आजै भएको दोस्रो खेल नेपाल पुलिस क्लबबिरुद्ध टिपटप न्यू डायमन्ड स्पोट्र्स क्लबले रोमाञ्चक जित हासिल गरेको छ ।
पुलिसले पहिलो सेट २५-१२ ले आफ्नो पक्षमा पारेको थियो भने दोस्रो सेट २३-२५ ले डायमन्डलाई सुम्पिएको थियो । निकै कडा प्रतिस्पर्धात्मक भएको तेस्रो सेट पुलिसले २६-२४ ले आफ्नो पक्षमा पारेका थियो ।
चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू डायमन्डले २५-१८ आफ्नो पक्षमा पार्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू डायमन्डले नै पुलिसलाई १५-१० ले हराएको हो ।
आजै तेस्रो खेल जारी छ । आयोजक महिला टोली र त्रिभुवन आर्मी क्लबबीचको प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ गरेका हुन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा आयोजित टाइगर कप १९ गतेसम्म चल्नेछ । प्रतियोगिताअन्तर्गत पुरुषतर्फका खेल आइतबार हुनेछन् ।
प्रतियोगिता विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५, उपविजेता दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेले एक लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् ।
सर्वोत्कृष्ट खेलाडीले २५ हजार सात सय ७७ तथा विधागत उत्कृष्टतर्फ उत्कृष्ट सर्भर १० हजार पाँच सय ५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार पाँच सय ५५ पाउनेछन् ।
Copyright © 2024 | All rights reserved.