बैशाख ०४, २०८२, बिहीबार

सामाजिक अध्ययन मञ्च कास्कीकाे कार्यशाला


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । सामाजिक अध्ययन मञ्च कास्कीले आधारभूत तह कक्षा ८ स्तरीय प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षणसम्बन्धी कार्यशाला आयोजना गर्‍यो ।

कार्यशालामा पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले सामाजिक अध्ययनको महत्व तथा आन्तरिक मूल्याकंनका विभिन्न प्रक्रियाका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा सृजना माविका प्राचार्य तथा पोखरा महानगरपालिकाका शिक्षा समिति सदस्य डोलराज पाण्डेले सामाजिक अध्ययन मञ्च कास्कीले गरेका कामको प्रशंसा गरे ।

मञ्चका अध्यक्ष गोविन्द काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तिलक काफ्लेले गरेका थिए भने उपाध्यक्ष तथा प्रशिक्षक नारायणी गौतमले सहजीकरण गरेकी थिइन् ।

कार्यशालामा पोखराका करिब ६० जना शिक्षक-शिक्षिका सहभागी थिए ।

कार्यक्रममा प्रश्नपत्र तथा उत्तरकुन्जिका निर्माण तथा प्रयोगमा मन्चका संस्थापक अध्यक्ष सूर्यबहादुर गुरुङ र निवर्तमान अध्यक्ष दिनेश अर्यालले सहजीकरण गरेका थिए ।

Copyright © 2024 | All rights reserved.