बैशाख ०४, २०८२, बिहीबार

आज घट्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज आइतबार सुनको भाउ दुई सय रुपैयाँ घटेको छ ।

मूल्य घटेसँगै आज छापावाला सुनको भाउ एक लाख ६० हजार चार सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ शुक्रबार एक लाख ६० हजार छ सय रुपैयाँ रहेको थियो ।

पोखरा बजारमा आज सुनको भाउ एक लाख ६० हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न आभूषण संघ कास्कीले जनाएको छ ।

यसैगरी आज असली चाँदीको १० रुपैयाँ घटेको छ । मूल्य घटेसँगै आज चाँदीको भाउ एक हजार आठ सय ६५ रुपैयाँ कामय भएको छ ।

चाँदीको भाउ शुक्रबार एक हजार आठ सय ७५ रुपैयाँ थियो । पोखरामा आज चाँदीको एक हजार आठ सय ९५ रुपैयाँ कायम भएको छ ।

Copyright © 2024 | All rights reserved.