बैशाख ०४, २०८२, बिहीबार

पाचौँ टाइगर कप : आयोजकसँग हार्‍यो आर्मी


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । उपाधि दावेदार त्रिभुवन आर्मी क्लब पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ । आज बिहान भएको खेलमा आर्मी आयोजक टोलीसँग सोझो सेटमा पराजित भएको हो ।

आयोजक टोलीसँग आर्मी पहिलो सेट २५-१४, दोस्रो सेट २५-११ र तेस्रो सेट २५-२१ ले पराजित भयाे ।

शनिबार खराब प्रकाशका कारण खेल स्थगित भएपछि आज पुनः खेलाइएको थियो ।

आयोजक टोलीको नेतृत्व राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले गरेकी छन् । टोलीमा तीन थाइल्यान्डका खेलाडी समावेश छन् ।

प्रतियोगिताअन्तर्गत आज पुरुषतर्फ पहिलो खेल डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब र भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिमबीच हुँदैछ ।

आज दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ । तेस्रो खेल सशस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मी क्लबबिच हुने आयोजकले जनाएको छ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

प्रतियोगिता विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५, उपविजेता दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेले एक लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले २५ हजार सात सय ७७ तथा विधागत उत्कृष्टतर्फ उत्कृष्ट सर्भर १० हजार पाँच सय ५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार पाँच सय ५५ पाउनेछन् ।

Copyright © 2024 | All rights reserved.