0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं १६ लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा इङ्लिस स्पेलिङ कन्टेस्ट सम्पन्न भएको छ । कार्यक्रम आधारभूत तहमा सहयोगी शैक्षिक साँझेदारीका विद्यालयबीच भएको थियो ।
कार्यक्रममा १४ विद्यालय सहभागी थिए । जसमा बालप्रभात बोर्डिङ स्कुल प्रथम, बेसलाइन एकेडेमी द्वितीय, बाल कल्याण हाई स्कुल तृतीय .र अल्फा बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।
शेरबहादुर क्षेत्री र सुरजकुमार क्षेत्री कार्यक्रमको निर्णायकको भूमिकामा थिए भने विद्यालयका सहप्राचार्य कृष्ण लम्सालले संयोजकको भूमिका निर्वाह गरेका थिए ।
प्याब्सन कास्की अध्यक्ष षडानन्द गौतमले अल्फाले शैक्षिक क्षेत्रम महत्वपूर्ण योगदान दिएको भन्दै विजयी विद्यार्थीलाई बधाई ज्ञापन गरे ।
अल्फा बोर्डिङ स्कुलका प्राचार्य सुरेन्द्रमान सिंह भण्डारीले विद्यार्थीको भाषिक सीप विकासका साथै उनीहरुमा रहेका अन्तर्निहीत प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।
विजयी विद्यार्थीलाई प्याब्सन कास्की अध्यक्ष गौतम र अल्फाका प्राचार्य भण्डारीले पुरस्कार प्रदान गरेका थिए । साथै सहभागी सबै विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
Copyright © 2024 | All rights reserved.